ब्रेकिङ न्युज
रास्वपा सांसद निशा डाँगीले मुकुल ढकालसँग कसिन् लगनगाँठाे
काठमाडौं । रास्वपा सांसद निशा डाँगी र मुकुल ढकाल विवाह बन्धनमा बाँधिएकी छन् । लामाे समयदेखिकाे प्रेम सम्बन्धलाई दुवैले विवाहमा परिणत गरेका हुन् ।
ढकाल र डाँगीच बिहीबार विवाह सम्पन्न भएकाे हाे । ढकाल र डाँगीकाे विवाहमा रास्वपा सभापति रवि लामिछाने दम्पती झापा पुगेका थिए ।
मुकुल ढकाल रास्वपाको जग हाल्ने र सुरुवाती दिनमा पार्टीलाई स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने व्यक्तिमध्ये एक हुन् ।

