२८ बैशाख २०८१, शुक्रबार
Follow Us

रशमोर नेपाली कम्युनिटी सातौँ कार्यसमितिको बैठक सम्पन्न


३० श्रावण २०७४, सोमबार १४:५५

फान्ब्रो। नेपालीहरुको साझा संस्था ग्रेटर रशमोर नेपाली कम्युनिटी सातौँ कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष जीव बेल्बासेको अध्यक्षतामा सम्पन्न उक्त बैठकले विभिन्न महत्वपुर्ण प्रश्ताव उपर छलफल गर्दै निर्णय समेत गरेको छ।
नेपाली समूदाय र स्थानिय समूदायबीच आपसी सदभाव अभिवृद्धि गर्नको लागि आगामी ०८ अक्टुवर मा गरिने १० किलोमिटर रन र २ किलोमिटर फन रन, लागुऔसध एव मादक पदार्थ दुर्व्यसन शिक्षा बिषयक भावी कार्यक्रम, भेट्रान बिषयक गतिबिधि, स्थानिय काउन्सिल र प्रहरीसंगको त्रैमासिक बैठक, नेपाली नयाँवर्ष,भिक्टोरिया डे, नारिदिवसका अवसरमा गरिने कार्यक्रम, कमिनिटी भवन, नेपालि कक्षा, ट्रष्टी लगायत बिषयमा महत्वपुर्ण निर्णय गर्दै बैठकले सल्लाहाकारको समेत टुंगो लगाएको छ भने सम्पूर्ण सल्लाहाकारहारुलाई आगामी ३१ अगष्ट २०१७ साँझ १८.३० बजे रशमोर ब्रो काउन्सिलको चेम्बर हलमा स्वागत गर्ने कार्यक्रम रहेको छ।
कमिनिटी भवन र नेपाली कक्षा बिषयको संयोजकमा निवर्तमान अध्यक्ष ओम थापालाइ संयोजक तोकिएको छ भने उनको सहयोगार्थ उपाध्यक्ष नेम थापा, क्याप्टेन राजु गुरुङ, क्याप्टेन महेन्द्र लिम्बु र हर्क गुरुंगलाई तोकिएको छ।
उक्त बैठकलाइ सफल बनाउन अनौपचारिक रुपमा पटक पटक पदाधिकारी बैठक बसी पूर्ब तयारि गर्नाले बैठक अत्यन्तै सौहाद्र र सफल रहेको कुरा बरिष्ठ उपाध्यक्ष एवं भेट्रान फण्ड तथा नेपालि नयाबर्ष कार्यक्रमका संयोजक राम धन राइले बताए।
संस्थाका सबैजसो सदस्यहरु सहभागी उक्त बैठकमा नयाँ मनोनित सांस्कृतिक सचिब दिनेश गुरुङ, सदस्य जुमकाजी गुरुङ, धुर्ब राइ, जगना गुरुङ र हर्क गुरुंगलाई अध्यक्ष जीव बेलबासे र निबर्तमान अध्यक्ष ओम थापाले खादा ओढाई स्वागत गरेका थिए।
बैठक संचालन महासचिब मान गुरुंगले गरेका थिए भने सचिब युवन गुरुंगले सम्पूर्ण प्रस्ताब र निर्णयहरुलाई लिपिबद्ध गरेका थिए।

– जीव बेलबासे