३० बैशाख २०८१, आईतवार
Follow Us

वीरगञ्ज महानगरपालिकामा राजपाको अग्रता

नेपालब्रिटेन डट कम्
४ आश्विन २०७४, बुधबार १४:२६

पर्सा । वीरगञ्ज महानगरपालिकाको पछिल्लो मत परिणाम अनुसार राजपा ले अग्रता लिईरहेको छ । राजपाका मेयर प्रत्यासी राजेशमान सिंह पहिलो स्थानमा छन् । सिंहले १ हजार ६ सय २३ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवार अजय द्विवेदीले मध्यरातमा अग्रता लिए पनि बुधबार बिहानदेखि राजपाले कांग्रेस उम्मेदवारलाई पछि पारेका हुन् ।
कांग्रेसका अजय द्विवेदीले सिंहलाई पछ्याइरहेका छन् । वडा नम्बर १, २, ३, ३०, ३१ र ३२ को मतगणनामा संघीय समाजवादी फोरमका विजय सरावगी तेस्रो, एमालेका बसरुद्धिन अन्सारी चौथो, माओवादीका रहबर अन्सारी पाँचौ र फोरम लोकतान्त्रिकका विमल श्रीवास्तव छैठौं स्थानमा अघि बढिरहेका छन् ।
वीरगञ्ज महानगरपालिकाको मत गणना निकै सुस्त गतिमा भइरहेको छ। निर्वाचन आयोगले छिटो मत परिणाम सार्वजनिक गर्ने भनेर ११ वटा टोली बनाएर मत गणना गर्ने भने पनि ६ स्थानमा मात्रै मतगणना भइरहेको छ।
३२ वडा वडा रहेको महानगरमा रहेका १ लाख ८ हजार ५०१ मतदाता मध्ये ८४ हजार ४६४ मत खसेको छ। वीरगञ्ज महानगरपालिकाको प्रमुखको लागि ३५ जना र उपप्रमुखमा १० जना चुनावी मैदानमा छन् ।