मुख्य समाचार

अक्सफोर्ड तथा क्याम्ब्रीज विश्वविद्यालयमा अध्ययनबारे जानकारी दिइने

विश्वप्रसिद्ध अक्सफोर्ड तथा क्याम्ब्रीज विश्वविद्यालयमा अध्ययनबारे जानकारी गराउने उद्देश्यले यही अक्टोबर १५ तारिखमा सोसाइटी अफ नेप्लीज प्रोफेसनल्स युकेले एउटा कार्यक्रम आयोजना गर्न लागेको छ।

“हाम्रा धेरै बालबालिका अब विश्वविद्यालय जाने उमेरका हुँदैछन्। प्रतिष्ठित विश्वविद्यालयहरुमा भर्ना पाउनुसंग हाम्रा छोराछोरी मात्रै हैन, बुवाआमाको पनि सपना गाँसिएको हुन्छ। तर नेपाली समुदायका निकै कम किशोर, किशोरीले मात्रै अक्सफोर्ड, क्याम्ब्रीज जस्ता विश्वविद्यालयहरुमा भर्ना पाएका छन्, “सोसाइटी अफ नेप्लीज प्रोफेसनल्स युकेका अध्यक्ष डा तेजेन्द्र फेरालीले भन्नुभयो। “त्यसैले अक्सफोर्ड तथा क्याम्ब्रीज विश्वविद्यालयबाट भर्खरै अध्ययन पुरा गरेका ग्रयाजुएट्सहरुलाई बोलाएर हामीले अन्तरकृया आयोजना गर्न लागेका हौं।”

अन्तरकृया कार्यक्रममा अक्सफोर्ड विश्वविद्यालयबाट भर्खरै अध्ययन पुरा गरेका स्नातकहरु फ्रान्सेस्का आर्दिनी तथा टमस ह्युज र क्याम्ब्रीज विश्वविद्यालयका फ्रेया पेरी तथा स्यामुएल ह्युजले आफ्नो अनुभवबारे बताउनुका साथै भर्ना प्रकृयाबारे जानकारी दिनेछन्। अभिभावकहरुले उहाँहरुसंग प्रश्न सोध्न पनि पाउनुहुनेछ।

अन्तरकृया हुने स्थान:

St Michael’s Community Centre
Wrotham Road
Welling DA16 1LS

समय: अपरान्ह ४ बजेदेखि ६ बजेसम्म

अन्तरकृया कार्यक्रममा भाग लिन इच्छुक अभिभावकहरुले यो लिङ्कमा गएर आफ्नो स्थान सुरक्षित गर्नुपर्नेछ। https://www.eventbrite.co.uk/e/interaction-with-oxford-and-cambridge-university-graduates-tickets-38250856341

कार्यक्रम पछि रात्रीभोजको व्यवस्था रहेकेा र त्यसवापत जनही ६ पौण्ड शुल्क लाग्ने पनि सोसाइटीले जनाएको छ।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्