२७ बैशाख २०८१, बिहीबार
Follow Us

मन्त्रीको जिम्मेवारी हेरफेर, १७ जना बिना विभागीय मन्त्री

नेपालब्रिटेन डट कम्
३१ आश्विन २०७४, मंगलवार १५:११

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार छोड्न नमानेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुलाई विना विभागीयमा थन्काइदिएका छन् । माओवादी केन्द्रबाट एक उपप्रधानमन्त्रीसहित १७ जना मन्त्री र राज्यमन्त्रीहरु छन् । उनीहरु सबैलाई विना विभागीय बनाइएको छ ।
माओवादीबाट कृष्णबहादुर महरा विना विभागीय उपप्रधानमन्त्री भए भने, गिरिजामणि पोखरेल, जर्नादन शर्मा, प्रभु साह, टेकबहादुर बस्नेत, शिवकुमार मण्डल, महेन्द्रबहादुर शाही, आशा कोइराला, सन्तकुमार थारु, मोहम्मद जागिकर हुसेन, रामसिंह यादव, श्यामकुमार श्रेष्ठ, शम्भुलाल श्रेष्ठ, कर्णबहादुर विक, छमबहादुर गुरुङ, गोमा कुँवर र आङदी शेर्पालाई विना विभागीय बनाइएको छ । नेपालको इतिहासमा यति धेरै विना विभागीय मन्त्री बनाइएको पहिलो पटक हो ।
माओवादी केन्द्रका मन्त्रीहरुले सम्हालेका मन्त्रालयको जिम्मेवारी राप्रपाबाट नियुक्त भएका मन्त्रीहरुलाई दिएको छ । राप्रपाबाट कमल थापाले उपसहित ऊर्जा मन्त्रालय सम्हालेका छन् । जयन्त चन्दले आपूर्ति, दिलनाथ गिरीले सहर विकास र विक्रमबहादुर थापाले महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय पाएका छन् ।