काठमाडौँ । काँकडभित्ताबाट काठमाडौँ आउदै गरेको यात्रुबाहक बसको चेकजाँच गर्दा प्रहरीको होस् उडेको छ। धादिङको खानीखोलामा चेकजाँचका क्रममा बसबाट प्रेसरकुकर बम, सकेट बम र बम बनाउने सामान बरामत गरेको प्रहरीले जनाएको छ।
काठमाडौँ आउदै गरेको ना ७ ख ४९७६ नम्बरको यात्रुबाहक बसबाट प्रहरीले प्रेसरकुकर बम, सकेट बम र बम बनाउने सामानसहित दुई जनालाई पक्राउ गरेको छ। बसमा लुकाइछिपाइ राखेको अबस्थामा प्रहरीले बम बरामत गरेको हो।
बम ल्याउने दुई जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ।
– डिसी नेपालबाट ।