२२ बैशाख २०८१, शनिबार
Follow Us

देउवा छैटौँ पटक विजयी

sarusaru
२४ मंसिर २०७४, आईतवार ०३:०३

डडेल्धुरा। डडेल्धुराबाट प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा विजयी भएका छन्। प्रधानमन्त्री देउवा डडेल्धुराबाट छैटौँपटक विजयी भएका हुन्।
देउवाले २८ हजार ४४ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका उम्मेदवार माओवादीका खगराज भट्टले २१ हजार ११५ मत ल्याएर पराजित भए। माओवादीका भट्ट प्रधानमन्त्री देउवासँग तेस्रो पटक पराजित भएका हुन्। प्रधानमन्त्री देउवाले मतगणनाको सुरुवातबाट नै अग्रता लिएका थिए।

देउवा डडेल्धुरामा विसं २०४८ यताका सम्पूर्ण चुनाव जित्दै आएका छन्। डडेल्धुरामा उनले अहिले छैटौँ पटक चुनाव जितेका हुन्। उनले विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा कञ्चनपुर र ०७० दोस्रोमा कैलाली क्षेत्रबाट पनि चुनाव जितेका थिए।

यसैगरी प्रदेशसभामा डडेल्धुरा प्रदेश नं १ मा वाम गठबन्धनका उम्मेदवार पठानसिंह बोहराले १३ हजार ५६३ मत ल्याएर विजयी भए। उनका प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार रघुवर भट्टले ११ हजार ३९४ मत ल्याएर पराजय भाेगे।
– रासस