१५ बैशाख २०८१, शनिबार
Follow Us

दुर्घटनामा घाइते महिलाको मृत्यु

sarusaru
५ पुष २०७४, बुधबार ०४:३५

पोखरा – लेखनाथ महानगरपालिका–१० शिवचोकमा भएको सवारी दुर्घटनामा घाइते महिलाको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको छ ।

मंगलबार साँझ ग १ ख ४९९९ नम्बरकाे ट्रकले ग २ प ९६९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि बस्ने सिन्धुली जिल्लाको साविक कपुर गाउँपालिका–५ घर भई हाल मिलनटोल बस्ने २४ वर्षीया सरिता गौलीको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कास्कीिस्थित जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । दुर्घटनामा घाइते मोटरसाइकल चालक शुक तामाङको भने उपचार भइरहेको छ ।
– नागरिक न्युजबाट ।