२५ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएन नर्दन आयरल्याण्ड राज्य परिषदमा लीला

नेपालब्रिटेन डट कम्
२८ माघ २०७४, आईतवार २३:१५


धर्मराज अधिकारी ।
बेलफास्ट । गैर आवासीय नेपाली संघ युकेले नर्दन आयरल्यण्डामा राज्य समन्वय परिषद् गठन गरेको छ । एनआरएनए युकेलाई हरेक नेपाली माझ पुर्‍याउने उदेश्य अनुरुप पहिलो पटक नर्दन आयरल्याण्डमा राज्य परिषद् गठन गरिएको हो ।

गैर आवासीय नेपाली संघ युकेको आयोजना तथा नेप्लिज कम्युनीटि नर्दन आयरल्याण्डको संयोजनमा आइतबार बेलफास्टमा सम्पन्न एक भेलाले स्थानीय सामाजिक अगुवा लीलाराम निउरेको अध्यक्षतामा सर्वसम्मत राज्य समन्वय परिषद् गठन गरेको हो । निउरे नेप्लिज कम्युनीटि नर्दन आयरल्यणडका अध्यक्ष समेत हुन ।

कार्यसमितिको उपाध्यक्षमा नारायण कुंबर, सचिवमा अब्जन आचार्य सहसचिवमा हुकुम केसी, कोषाध्यक्षमा गोमा खड्का, सहकोषाध्यक्षमा सुमित्रा कंडेल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा भुमिश्वर सापकोटा, बलराम कंडेल, लक्ष्मण निउरे, सविन पाण्डे, लक्ष्मण चिमौरीया, तेज रेग्मी र निर्जल अधिकारी चयन भएका छन् ।

राज्य परिषद् झेलालाई स्म्बोधन गर्दै गैर आवासीय नेपाली संघ अन्र्तराष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष कुल आचार्यले एनआरएनए युके सबै युकेवासी नेपालीहरुको साझा संस्था भएको बताए । कार्यक्रमका प्रमुख अतिथि आचार्यले नेपालमा लगानी तथा नेपालको विकासमा सबै एनआरएनले हातेमालो गर्नुपर्नेमा समेत जोड दिएका थिए । उनले नव गठित समितिलाई बधाई दिंदै भविश्यमा एनआरएन युकेसंग निकट रहेर काम गर्नेमा आफु विश्वस्त रहेको बताए ।

सो अवसरमा एनआरएनए युकेका अध्यक्ष योग कुमार फगामीले एनआरएनएप्रति बेलायतवासी नेपालीहरुको अपनत्व विकास गर्न बर्तमान कार्यसमिति लागिपरेको जिकिर गरे । उनले बेलायतवासी नेपालीहरुको जनजिब्रोमा एनआरएनए युकेलाई पुर्‍याउने लक्ष्य लिइएको बताए । सो अवसरमा उपाध्यक्ष ललीत न्यौपानेले नर्दन आयरल्याण्डमा पहिलो राज्य समन्वय परिषद् गठन गर्न पाउंदा आफुलाई खुशी लागेको बताए ।

स्थानीय समाजका अगुवा एवं एनआरएनए युकेका सल्लाहकार नारायण कंडेलले नर्दन आयरल्याण्डमा रहेका नेपालीहरुलाई एनआरएनएको सुत्रमा बांध्न बर्तमान कार्यसमितिले देखाएको तदारुकताको प्रशंसा गरेका थिए ।
कार्यक्रममा एनआरएनए युकेका उपाध्यक्षहरु प्रेम गाहा मगर, शेर बहादुर सुनार, महासचिव राजकुमार त्रीपाठी सल्लाहकार नरेन्द्र कंडेल, नारायण कंडेल, थर्क प्रेम सेन, विकास चुंडाल, लगानी विभाग संयोजक गंगा राना, धार्मिक विभाग संयोजक होमनाथ पौडेल, सदस्यहरु शिव कंडेले, दिलीपकुमार यादव लगायत सहभागि थिए ।

आयुष्मा कंडेलदारा सञ्चालित उक्त कार्यक्रमको सभापतित्व नर्दन आयरल्याण्ड नेप्लिज कम्युनीटिका अध्यक्ष लीलाराम निउरेले गरेका थिए । समाजका संस्थापक अध्यक्ष नारायण कुंबरको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा स्थानीयहरुको बाक्लो सहभागिता रहेको थियो ।