२५ बैशाख २०८१, मंगलवार
Follow Us

नेपाली छात्र च्यारिटीको लागि २०१८ को लण्डन म्याराथुनमा भाग लिने

नेपालब्रिटेन डट कम्
१ फाल्गुन २०७४, मंगलवार ००:२९

हाल युनिभर्सिटी कलेज लण्डनमा एमबिबिएस दोश्रो बर्षमा अध्ययनरत नेपाली छात्र शाहिल कैनी सन् २०१८ को लण्डन म्याराथुनमा भाग लिने भएका छन् । नेपालमा अपाङ्ग र असहाय बालबालिकाको लागि सहयोग गर्ने गैर सरकारी संस्था किड्स फर्स्ट नेपालको लागि सहयोग जुटाउन लण्डन म्याराथुनमा भाग लिने कुरा शाहिलले बताएका छन् ।

उक्त संस्थाले अपाङ्ग र असहाय बालबालिकाहरूको लागि शिक्षा, स्वास्थ्य र जीवन आर्जन गर्नको लागि आवस्यक सहयोग गर्दै आएको छ । उनले उक्त म्याराथुनमा भाग लिएर च्यारिटी बाट तीन हजार पाउण्ड सहयोग उठाउने लक्ष्य राखेका छन् । उक्त दौडमा भाग लिएर उठेको सबै रकम उक्त संस्थालाई सिधै सहयोग जानेछ ।

सहयोग गर्न चाहनेले लण्डन म्याराथुन को लिंक https://uk.virginmoneygiving.com/fund/kfn-shahil मा गएर सहयोग गर्न शाहिल कैनी र उनका पीता डा. बच्चु कैलाश कैनीले सबै नेपाली जनसमुदायलाई अनुरोध गर्नु भएको छ । लण्डन म्याराथुनमा उनको सहभागिताले अन्य नेपाली युवा र समुदायलाई पनि म्याराथुनमा भाग लिन र सामाजिक तथा अन्य पुण्य काम गर्न प्रेरणा मिल्ने छ ।