१० मंसिर २०८२, बुधबार
Follow Us

तन्नामा आगो सल्किँदा जलेर एक जनाको मृत्यु

nepalbritain news
१६ चैत्र २०७४, शुक्रबार ०५:३७

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ मछेली शिविरमा बस्दै आएका ५५ वर्षीय छेदालाल चौधरीको गएराति जलेर मृत्यु भएको छ।

दमका दीर्घरोगी रहेका चौधरीले चुरोट खाँदै गर्दा तन्नामा आगो लागेर जलेर गम्भीर घाइते भएपछि महाकाली अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कृष्णपुरका प्रहरी नायब निरीक्षक भरतसिंह धामीले बताए।

चौधरीको मुख र छाती जलेर अवस्था गम्भीर भएपछि महाकाली अञ्चल अस्पतालमा उपचारका लागि पुर्यायौँ, उनले भने, “उपचारकै क्रममा राति १२ बजेको समयमा उनको मृत्यु भएको छ।” प्रहरीका अनुसार छोरा बुहारी लामो समयदेखि घरमा नहुँदा चौधरी एक्लै बस्दै आएका थिए।
-रासस

धेरै पढिएको