ताजा खबर
अमेरिकामा नेपालीले नेपालीको गोली हानी हत्या
न्यूयोर्क । अमेरिकाको न्युजर्सीमा एक जना नेपालीले आफ्नै सहकर्मीको हत्या गरेका छन्। न्युजर्सीस्थित ग्यास स्टेसनमा कार्यरत २३ वर्षीय मिलन घिमिरेले ५६ वर्षीया फु छेवाङको हत्या गरेको त्यहाँको प्रहरीले जनाएको छ।
मनाङ जन्मघर भएका छेवाङलाई धेरै पटक गोली प्रहार गरिएको भेटिएको न्युजर्सी प्रहरीले जनाएको छ। सोमवार राति उनलाई गोली प्रहार गरिएको प्रहरीले बताएको छ । गोली प्रहार गर्ने मिलनलाई ब्रोङ्स प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ। घटनाको थप छानविन भैरहेको प्रहरीलाई उद्धृत गर्दै नर्थ जर्सी डट कमले जनाएको छ ।

