१ जेष्ठ २०८१, मंगलवार
Follow Us

एनआरएन एकेडेमीक विज्ञ समिति गठन, युकेबाट लक्छम्वा र कार्की


१९ चैत्र २०७४, सोमबार १२:४०

लन्डन । गैर आवासीय नेपाली संघले बिश्वभर फैलिएर बसेका नेपालीहरुबाट मुलुकमा रेमिट्यान्समात्र हैन सिप, ज्ञान र दक्षता पनि प्रसार गर्ने हेतुले बिश्वभरबाट देशलाई उपयोगी ज्ञान र शिक्षालाई ब्यबस्थित रुपले खोज र अनुसन्धानगर्दै प्रसार गर्ने उदेस्यले गैर आवासीय नेपाली एकेडेमीको अवधारणा अनुरुप सम्बन्धित बिज्ञहरुको टिम तयारगरि कार्यसम्पादन गरिने भएको छ ।

गैर आवासीय नेपाली एकेडेमीले नेपालमा बिकाश र सम्वृद्धिका लागी नीति निर्माण बिबिध रणनीतिक योजनाहरु तर्जुमा गर्दै नेपाल सरकारलाई सहयोग पुर्याउने हेतुले नेपाल पोलिसी इन्स्टिच्युटको स्थापना गरेको छ ।

थाइलेन्डमा रहेर प्राध्यापन गरिरहेका डा.खगेन्द्र ढकालको अधक्षमा गठन भएको समितिमा निम्न ब्यक्तित्वहरु छन् ।

१. डा चन्द्र लक्सम्बा -अक्सफोर्ड, युके
२. प्रा डा राजेन्द्र श्रेष्ठ – बैंकक
३. डा रुद्र आर्याल – अमेरिका
४. शरद न्यौपाने – बैंकक
५. डा सिताराम घिमिरे अस्ट्रेलिया
६. डा अनिल सिक्देल – वासिंगटन डीसी, अमेरिका

अनुसन्धान समिति

१. आर्थिक नीति निर्माण अनुसन्धान कमिटी – प्रा डा बिश्वनाथ तिवारी – संयोजक
२ सामाजिक अनुसन्धान समिति – नियुक्ति प्रक्रियामामा
३. बाताबरण तथा दिगो बिकाश अनुसन्धान समिति -नियुक्ति प्रक्रियामामा
४. बिज्ञान तथा प्रविधि अनुसन्धान समिति – नियुक्ति प्रक्रियामामा
५. नीतिनियम व्यवस्थापन तथा संचार समिति – जगन कार्की – संयोजक