२९ बैशाख २०८१, शनिबार
Follow Us

जबरजस्तीकरणीविरुद्ध युवा सडकमा

sarusaru
१ बैशाख २०७५, शनिबार ०३:१७

बागलुङ -पछिल्लो समय बढ्दै गएको महिला हिँसा र बलात्कारका घटनाको विरुद्ध जिल्लाका युवा सडकमा उत्रिएका छन् ।
युवाहरुको स्वतन्त्र समुहले बागलुङ बजारमा शुक्रबार जबरजस्ती करणी, महिला हिंसा एवम् लागुपदार्थ सेवन विरुद्ध जनचेतनामूलक ¥याली निकालेका हुन् ।

हालै छिमेकि जिल्ला पर्वत एवम् देशका विभिन्न स्थानमा जबरजस्ती करणी (बलात्कार), महिला हिंसा, लागुपदार्थ दुव्र्यसन र अपराधका घट्नाहरु बढ्दै गईरहेको सन्दर्भलाई मध्येनजर गर्दै घटनाहरुको न्यूनिकरण तथा सचेतना र सम्बन्धित निकायहरुलाई दबाब दिनका लागि युवाहरुले ¥याली तथा जनचेतनामुलक लगायतका कार्यक्रमहरु आयोजना गरेको कार्यक्रम संयोजक सुमन जिसीले बताए ।

‘पछिल्लो समयमा जबरजस्ती करण र महिला हिंसाको घटनामा निकै बृद्धि भएको पाईएको छ,’ जिसीले भने,‘यसका दोषीहरुलाई कडा भन्दा कडा कारबाही गर्न नसके समाजमा यस्ता घटनाहरु दोहोरिरहन्छन् ।’ आपराधिक क्रियाकलापमा संलग्नलाई कडा कारबाही गर्ने कानुन ल्याउन दबाब दिनका लागि पनि ¥याली गरिएको उनको भनाई छ ।

¥यालीमा स्वतः स्फुर्त रुपमा यहाँका दुई सय बढि युवाहरुको सहभागिता जनाएका थिए । ¥यालीमा जिल्लामा क्रियाशील युवाहरु, जिल्ला प्रहरी कार्यालय अन्तर्गत प्रहरी मेरो साथी अभियान, डिग्नीटि कलेज र धौलागिरि बहुमुखी क्याम्पस बागलुङका विद्यार्थीहरु सहभागी भए ।

¥यालीमा सहभागीले संविधानमै टाँसिदे, बलत्कारीलाई फाँसिदे, महिला हुनु कस्तो रित जन्मदै असुरक्षित, महिला हिंसा बन्द गर लगायतका नारा लगाउँदै महिला हिँसा र लागूपदार्थ विरोधी प्ले कार्ड समेत प्रदर्शन गरेका थिए ।