९ भाद्र २०८२, सोमबार
Follow Us

सरोजको गाथा विमोचन

nepalbritain news
९ बैशाख २०७५, आईतवार ०४:०२

धौलागिरी कला तथा साहित्य मञ्च बागलुङ्को आयोजनामा बागलुङ्मा पुरस्कार वितरण तथा गाथा मुक्तक संग्रहको बिमोचन गरिएको छ । मञ्चले शनिबार एक समारोहको आयोजना गरी म्याग्दीका सर्जक सरोज रावलको मुक्तक संग्रहको बिमोचन एबं अनलाईन गजल प्रतियोगितामा मार्फत उत्कृष्ट १० जनालाई पुरस्कार वितरण गरिएको थियो ।
उत्कृष्ट १० जना गजलकारलाई कबि भुपिन र पोखरा बाग्लुङ ईजलासका मुख्य न्यायाधिश शेसराज सिवाकोटी र अन्र्तराष्ट्रिय गजल प्रतिष्ठानका संयोजक आवाज शर्माले पुरस्कार वितरण गर्नुभएको थियो । त्यसैगरी म्याग्दीका सर्जक रावलको मुक्तक संग्रहको बिमोचन रावलकी माता देबी कुमारी रावलले गर्नुभएको थियो । सो अवसरमा बोल्दै कबि भुपिनले कला साहित्य र संस्कृतिको जर्गेना गर्नका लागि यस्ताखाले कार्यक्रम महत्वपुर्ण हुने बताउनुभयो । उहांले साहित्यमा कलात्मक भाव र अलंकार हुनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा पोखरा बागलुङ् ईजलासका मुख्य न्यायाधिस शेसराज सिवाकोटी,अन्र्तराष्ट्रीय गजल प्रतिष्ठानका संयोजक आवाज शर्मा, रत्नश्रेष्ठ पुरस्कार गुठीका अध्यक्ष प्रेम छोटा, धौलागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष काजिरोशन, धौलागिरी कला तथा साहित्य मञ्चका सल्लाकार एबं म्याग्दीका सर्जक राम प्रसाद सुबेदी, नेपाल पत्रकार महासघं बागलुङ्ग शाखाका अध्यक्ष दिल शिरिष र सचिव राम थापा अबिरल लगायतले शुभकामना मन्तब्य सहित सृजना बाचन गर्नुभएको थियो ।

धेरै पढिएको