७ भाद्र २०८२, शनिबार
Follow Us

विश्वयुद्धदेखि अभिनयसम्म ;कलाकार भिमबहादुर थापा

nepalbritain news
३० जेष्ठ २०७५, बुधबार ०५:१९

खोटाङ जिल्लाको लामिडाँडामा जन्मेका कलाकार भिमबहादुर थापा दोस्रो विश्वयुद्ध लडेका थिए। हिमालय टेलिभिजनसँगको कुराकानीमा उनले ‘१५/१६ वर्ष भएपछि आफूलाई दोस्रो विश्वयुद्धमा होमिदिएको’ बताएका छन्। सन् १९४२ देखि ४५ सम्म दोस्रो विशवयुद्ध लडेका उनी त्यहाँबाट फर्किएर नेपालमै सैनिक सेवामा भर्ति भएका थिए।

उनी २०४१ सालमा सैनिक सेवाबाट निवृत्त भएका थिए। नेपाल टेलिभिजन स्थपाना भएपछि उनले त्यहाँ ‘शाही नेपाली सैनिक’ कार्यक्रम सञ्चालनको मौका पाए। त्यसअघि नै रेडियो नेपालमा उनले सोही नामको कार्यक्रम संचालन गरिसकेका थिए।

सैनिक सेवामा हुँदा नै उनले ‘के घर के डेरा’ लगायत आधा दर्जन फिल्ममा अभिनय गरिसकेका थिए।

थापाले करिब ६७ वटा ठूला फिल्म, १०० भन्दा बढी टेलिफिल्म र एक दर्जन नाटकमा अभिनय गरेका छन्।

उनी गोरखा दक्षिणबाहु, त्रिशक्तिपट्ट लगायत पदकबाट विभूषित भएका थिए।

उनका श्रीमती, छोरा र दुई छोरी छन्। दुई विवाह गरेका उनकी कान्छि श्रीमतीको २०६० सालमै निधन भइसकेको छ। उनका छोरा प्रकाश थापा अमेरिकामा छन्।

धेरै पढिएको