२५ बैशाख २०८१, मंगलवार
Follow Us

विप्लवका प्रवक्ता विश्वकर्मालाई उपस्थित गराउनु : सर्वोच्च अदालत

नेपालब्रिटेन संवाददाता
२८ श्रावण २०७५, सोमबार १३:३४

काठमाडौं । केही दिन अघि चन्दा असुली गरेको आरोपमा नेकपा विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) पक्राउ परेका थिए । अहिले उनी प्रहरी हिरासतमा छन् । यसै मुद्धालाई लिएर सर्वोच्च अदालतले प्रवक्ता विश्वकर्मा (प्रकाण्ड) लाई ४८ घन्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ । बाटोको म्यादबाहेक ४८ घन्टाभित्र सर्वोच्चले बन्दीसहित लिखित जवाफ दिन भनेको हो ।

पक्राउ परेका उनलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै छोरा नरेन्द्रहादुर सिंह विकले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए । गत आइतबार दायर भएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले सरकारसँग लिखित जवाफ मागेको हो । आइतबार मात्र उनलाई जिल्ला अदालत, काठमाडौंले चन्दा एेन २०३० अनुसार अनुसन्धान गर्न थप ३ दिन थुनामा राख्न आदेश दिएको थियो ।