२ श्रावण २०८२, शुक्रबार
Follow Us

जडीबुटी प्रशोधनका लागि नेपालले चीनसँग सहकार्य गर्ने

nepalbritain news
८ मंसिर २०७५, शनिबार ०२:१९

काठमाडौँ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नेपालका बाँसजन्य उद्योग र जडीबुटीको उत्पादन तथा प्रशोधनका लागि नेपालले चीनसँग सहकार्य गर्ने बताएका छन्।

नेपालका लागि चिनियाँ राजदूत यू होङले शुक्रबार उनीसँग गरेको बिदाई भेटका अवसरमा मन्त्री बस्नेतले लगानीका लागि नेपाल उपयुक्त स्थान भएको र सकारात्मक वातावरण बनेको बताएको प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए।

सो अवसरमा राजदूत होङले पछिल्लो तीन वर्षमा नेपालमा चिनियाँ लगानी ६३५ प्रतिशतले वृद्धि भएको तथ्याङ्क उल्लेख गर्दैे चिनियाँ कम्पनीका लगानीमा निर्माणाधीन विकास आयोजनाका काममा सहजीकरण गरिदिन सरकारको ध्यानाकर्षण गराए। राजदूत होङ दुईवर्षे कार्यकाल पूरा गरी यसै महीना चीन फर्कंदै छन्।
डिसी नेपाल

धेरै पढिएको