११ भाद्र २०८२, बुधबार
Follow Us

बलात्कारका दोषी ३० वर्षपछि जेल चलान

nepalbritain news
२४ मंसिर २०७५, सोमबार १०:४५

ताप्लेजुङ : बलात्कार मुद्दामा दोषि ठहर भएका एक व्यक्तिलाई ३० वर्षपछि कारागार चलान गरिएको छ। ताप्लेजुङको मैवाखोला गाउँपालिकाका ४८ वर्षीय कृष्ण भनिने पूर्णबहादुर लिम्बुलाई मंसिर २२ गते पक्राउ गरेर अअदालतले मंसिर २३ गते कैद भुक्तानका लागि कारागारमा पठाएको हो।

लिम्बु विरुद्ध वि.सं २०४५ सालमा बलात्कारको मुद्दा दर्ता भएको थियो। त्यसको २ वर्षपछि वि.सं २०४७ सालमा जिल्ला अदालतले २ वर्ष कैद र ३ हजार ६२ रुपैयाँ ५० पैसा जरिवानाको फैसला सुनाएको थियो।

‘यतिका वर्षसम्म गाउँमै बसेका रहेछन्,’ जिल्ला प्रहरीका कार्यालय ताप्लेजुङका प्रमुख संजयसिंह थापाले भने,‘फरार अभियुक्तहरुको खोजी गर्ने अभियान अन्तर्गत पक्राउ गर्न सफल भयौं।’
अन्नपूर्ण पोष्ट

धेरै पढिएको