११ भाद्र २०८२, बुधबार
Follow Us

रोल्पामा बस दुर्घटना, दुई जनाको मृत्यु, २६ घाइते

nepalbritain news
२४ पुष २०७५, मंगलवार ०४:४४

रोल्पा । लुङ्ग्री गाउँपालिका–३ जुतुङखोलामा सोमबार बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा २६ यात्रु घाइते भएका छन्।

सुलीचौरबाट जुतुङखोलातर्फ जाँदै गरेको ग१ख ५५२१ नंको बस दुर्घटनामा परेको हो।

मृत्यु हुनेमा बस चालक प्यूठान स्वर्गद्धारी नगरपालिका–५ सारीका नमराज आले तथा यात्रु रोल्पा लुङ्ग्री गाउँपालिका–५ का ११ महिनाका बालक नितेश विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घाइते १४ जनालाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको छ। अन्यको सुलीचौर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको बताइएको छ। रासस

धेरै पढिएको