१२ भाद्र २०८२, बिहीबार
Follow Us

रुपा थापाको हत्यामा संलग्न रहेको आशङ्कामा तीन जना पक्राउ

nepalbritain news
१६ माघ २०७५, बुधबार ०६:१३

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–६ मुडाभारमा सोमबार राति रुपा थापाको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

घरमै सुतिरहेको अवस्थामा ५२ वर्षीया थापाको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो।

तीनै जनालाई मङ्गलबार साँझ पक्राउ गरिएको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए। प्रहरीले पक्राउ परेकाको नाम गोप्य राखेको छ।
रासस

धेरै पढिएको