२४ बैशाख २०८१, सोमबार
Follow Us

राजदूत शेर्पाद्वारा लक्की राजीनामा

नेपालब्रिटेन डट कम्
१८ माघ २०७५, शुक्रबार ११:५९

काठमाडौँ — अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छिन् ।
मानव बेचविखनको आरोप लागेकी उनीमाथि परराष्ट्र मन्त्रालयले छानबिन गर्दा दोषी पाइएपछि उनीमाथि राजीनामा दिनुपर्ने दवाव बढेको थियो ।

सुरुमा सरकारले बर्खास्ती नै गर्ने तयारी गरेपनि उनकै आग्रहमा राजीनामा दिने मौका दिइएइको थियो । जसअनुसार शुक्रबार उनले पदबाट राजीनामा दिएकी हुन् ।

बुधबार अस्ट्रेलियाबाट सुटुक्क नेपाल फर्किएकी शेर्पाले शुक्रबार सरकारसमक्ष राजीनामा दिएकी हुन् । उनलाई आफ्नै सवारी चालक वाङ्चु शेर्पाले अस्ट्रेलिया लैजान्छु भन्दै विभिन्न व्यक्तिहरुसित पैसा असुलेको आरोप छ ।

आरोपित राजदूत शेर्पालाई सरकारले पटक पटक स्पष्टीकरण सोधेको थियो । पुस २६ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले केही दिनमै राजदूत शेर्पाले उचित निकास दिने बताएका थिए ।

शेर्पालाई तत्कालीन माओवादी केन्द्रको कोटामा शेरबहादुर देउवा नेतृत्वको सरकारले अस्ट्रेलियाका लागि नेपाली राजदूत नियुक्त गरेको थियो ।