१५ असार २०८३, सोमबार
Follow Us

दाङमा स्कुले छात्रमाथि खुकुरी प्रहार

nepalbritain news
१ फाल्गुन २०७५, बुधबार ०३:४७

दाङ : दाङको तुलसीपुरमा एक विद्यार्थीमाथि खुकुरी प्रहार भएको छ ।

यहाँको लिटिल हेवन विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थी दिनेश ओलीलाई विद्यालय समय सकेर बाहिर निस्कँदै गर्दा विद्यालयको गेटै नजिक युवाहरुको एक समुहले खुकुरी प्रहार गरेको लिटिल हेवन विद्यालयका शिक्षक यमकान्त खरेलले जानकारी दिए ।

खुकुरी प्रहारबाट घाइते भएका दिनेशको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्नेमध्येबाट एकजनालाई पक्राउ गरेको प्रहरी जनाएको छ । पछिल्लो समय दाङमा आपराधिक घटना बढिरहेका छन् । अघिल्लो दिन सोमबार मात्रै दाङमा ३ वर्षीया एक बालिकाको अपहरण भएको थियो ।
अन्नपूर्ण पोष्ट

धेरै पढिएको