४ श्रावण २०८२, आईतवार
Follow Us

नेपालमा फेसबुक ट्वीटर बन्द गरिन लागेको हल्लामात्रै भएको खुलासा

nepalbritain news
१९ फाल्गुन २०७५, आईतवार १०:१८

काठमाडौं– नेपालमा सामाजिक सञ्जाल फेसबुक र ट्वीटर बन्द गर्नेबारे कुनै तयारी नरहेको सरकारले स्पष्ट पारेको छ ।
सूचना विभागको नाम राखी फेसबुक र ट्वीटर जस्ता सामाजिक सञ्जाल बन्द गरिन लागेको भन्दै सामाजिक सञ्जालमा भ्रमपूर्ण पोस्ट गरिएको पाइएको भन्दै सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रायका सहसचिव एवम् प्रवक्ता ऋषिराम तिवारीले आइतबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालय र अन्तर्गतवाट कुनै पनि सामाजिक संजाल वन्द गर्ने सम्वन्धी सूचना प्रकाशित नभएको स्पष्ट पारेका छन् ।
‘नेपाल सरकार, सूचना तथा सञ्‍चार मन्त्रालय, सूचना विभागको नाम राखी फेसबुक र ट्वीटर जस्ता सामाजिक संजाल पूर्ण रुपमा बन्द गरिने जस्ता भ्रामक सूचना फेसबुक लगायतका सामाजिक संजाल प्रयोगकर्तावाट पोष्ट गरी भ्रम फैलाउन टिप्पणी समेत गरेको सम्वन्धमा यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘ यस मन्त्रालय र अन्तर्गतवाट कुनै पनि सामाजिक संजाल वन्द गर्ने सम्वन्धी सूचना प्रकाशित भएको छैन ।’
त्यस्तो गलत सूचना प्रवाह गर्ने व्यक्ति उपर कानूनी कारवाही गर्न प्रक्रिया शुरु भैसकेको भन्दै मन्त्रालयले सामाजिक सञ्जाल संचालकलाई त्यस्ता भ्रामक सूचना सामाजिक सञ्जालवाट हटाउन अनुरोध समेत गष्रेको छ ।

धेरै पढिएको