२६ बैशाख २०८१, बुधबार
Follow Us

सरस्वती प्रतीक्षालाई सर्वोच्चले भन्यो–साहित्य लेख्दा विचार पुर्‍याऊ

नेपालब्रिटेन डट कम्
२१ फाल्गुन २०७५, मंगलवार ०२:०९

काठमाडौं – सर्वोच्च अदालतले साहित्यिक कृति तथा चलचित्रको संवाद लेख्दा शब्दमा ध्यान दिन निर्देशनात्मक आदेश जारी गरेको छ।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कुनै व्यक्ति, जातजाति र समुदायलाई आत्मसम्मानमा ठेस पुग्नेगरी नलेख्न निर्देशनात्मक आदेश जारी गरेको हो।

निवेदक मीना नेपालीले ‘नथिया’ र ‘ऐलानी’ उपन्यास तथा ‘पण्डित बाजेको लौरी’ चलचित्रमा भएको संवादले वादी समुदायको आत्मसम्मानमा ठेस पुगेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय दलित आयोग र लेखक सरस्वती प्रतीक्षालगायतलाई विपक्षी बनाई रिट निवेदन दर्ता गरेकी थिइन्।

सर्वोच्चले गत बुधबार उपन्यास र चलचित्रका संवादमा लेखिएका शब्द अब अर्को संस्करण निस्केको खण्डमा सुधारसहित ल्याउन सकिनेगरी निर्देशनात्मक आदेशसहितको फैसला गरेको हो। सर्वोच्चले फैसलाको पूर्ण पाठ भने जारी गरिसकेको छैन। सर्वोच्चका अनुसार लिखित पूर्ण पाठ जारी हुन केही समय लाग्नेछ।