१३ जेष्ठ २०८१, आईतवार
Follow Us

अपहरणमा संलग्न दुई भारतीय पक्राउ

नेपालब्रिटेन डट कम्
२५ फाल्गुन २०७५, शनिबार ०६:२५

वीरगन्जका उद्योगी सुरेश केडियाको अपहरणमा संलग्न दुई भारतीयलाई पर्सा प्रहरीले गएराती पक्राउ गरेको छ ।

भारतसँग सीमा जोडिएको पर्साको छिपहरमाइ गाउँपालिका वडा नम्बर ५ भिस्वाबाट दुवै जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको रक्सौलका बब्लु पासवान र राजहर्नाहीका विजयकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।