काठमाडौं–लामो समयदेखि काठमाडौ उपत्यकामा जमिनमुनिको पानी अत्यधिक रूपमा निकाल्न थालेपछि पानीको सतह तीव्र रूपमा घट्दै गएको छ ।
जमिनमुनि पानीको भण्डार रित्तिने र थप पानी रिचार्ज हुन (ग्राउन्ड वाटर रिचार्ज) कम हुँदै जान थालेपछि उपत्यका जुनसुकै वेला भासिन सक्ने विज्ञहरूले चेतावनी दिएका छन् ।
भूमिगत जलस्रोत विकास समितिले विगत नौ वर्षदेखि उपत्यकाका विभिन्न २९ ठाउँमा डिप ट्युबवेल राखेर गरेको अध्ययनबाट हरेक वर्ष पानीको सतह घट्दै गएको देखिएको छ । नयाँ पत्रिका दैनिकमा यो खबर छ ।