१७ असार २०८३, बुधबार
Follow Us

एनआरएनएको माग पुरा गर्न पूर्व प्रधानमन्त्री केपी ओली सकरात्मक

नेपालब्रिटेन डट कम्
३१ जेष्ठ २०७९, मंगलवार १२:४२

लण्डन । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघका मागमा आफ्नो पार्टी सकरात्मक रहेको बताएका छन् ।
ओलीले गैरआवासीय नेपाली संघको एक प्रतिनिधि मण्डलसंग मंगलवार भएको भेटमा दोहोरो नागरिकता, मताधिकार र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको सामाजिक सुरक्षा कोष लगायतको मागमा पूर्णरुपमा सहयोग गर्ने बचन दिएको संघका अध्यक्ष डा. बद्री केसीले जानकारी दिए ।

संघको प्रतिनिधि मण्डलले गैरआवासीय नेपालीहरुको नेपालमा लगानी, दोहोरो नागरिकता, सामाजिक सुरक्षा लगायतका मागमा सहयोग गर्न अध्यक्ष ओलीलाई आग्रह गरेको थियो

डा. केसीका अनुसार संघले नेपालमा हुने १० अर्ब लगानीको परियोजनामा सरकारले राखेको थ्रेसहोल्ड हटाउन समेत माग गरेको छ । ओलीले विदेशमा बस्ने नेपालीहरुको लागि आवश्यक ऐन कानूनहरु समयानुकुल परिमार्जन गर्न एमालेले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

अध्यक्षद्धय कुल आचार्य र डा बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले बिहिवार आयोजना हुने सेमिनारको बारेमा समेत जानकारी दिएको थियो । प्रतिनिधि मण्डलमा संघका पदाधिकारी लगायत विभिन्न मुलुकबाट नेपाल गएका प्रतिनिधिहरुको सहभागीता रहेको गैरआवासीय नेपाली संघले जनाएको छ ।

धेरै पढिएको