३१ बैशाख २०८१, सोमबार
Follow Us

ईनास युकेमा विनोद चिपालु

नेपालब्रिटेन डट कम्
४ चैत्र २०७५, सोमबार १९:१८

लन्डन । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज, बेलायतले तेश्रो अधिवेशनले विनोद चिपालुको अध्यक्षतामा नंया कार्यसमिति गठन गरेको छ ।

दक्षिण पुर्वी लण्डनको गोर्खा क्लब, प्लमस्टेडमा आइतवार सम्पन्न अधिवेशनले कलाकार तथा व्यवसायी विनोद चिपालुलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । यस्तै वरिष्ठ उपाध्यक्षमा शिम्मी पुन , महासचिवमा सञ्जय भक्त कँडेल , सचिवमा गुणदेव घिमिरे , कोषाध्यक्षमा राजेन्द्र खस , सदस्यहरुमा सर्वेन्द्र अधिकारी ,लालमणी भट्टराई, विकेशराज बस्नेत, निरु कंडेल, रोनुस ओझा, सुशिल गुरुङ , ज्ञानेन्द्र गुरुङ , सत्य प्रजापती सर्वसम्मत भए ।

रजनी सुनुवारको अध्यक्षतामा सम्पन्न अधिवेशनमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका ग्लोबल महासचिव मनिषकुमार श्रेष्ठ र संस्थाकै ग्लोबल सल्लाहकार दिपक श्रेष्ठको सहभागिता रहेको थियो ।

गैरआवासिय नेपाली संघ बेलायतका उपाध्यक्ष लीलतकुमार न्यौपानेको मुख्य आतिथ्यमा सम्पन कार्यक्रममा नेपाल प्रेस युनियन बेलायतका संयोजक विपिन निरौला, जनसम्पर्क समिति बेलायतका उपाध्यक्ष सुरज केसी, प्रतिभा नक्षत्रकी अध्यक्ष सिम्मी पुन, नेपालीहरुको पुरानो सस्था यति संघका कोषाध्यक्ष जीवन सेन, एनआरएनए बेलायतका उपमहासचिव विनय अधिकारी, नेपाल संसार डटकमका सम्पादक मन्दिप केसी, प्राध्यापक तथा गायककार सर्वेन्द्र अधिकारी, इनास बेलायतका सल्लाहकार तथा समाजसेवी यादव भण्डारी, लव गौतम, लालमणी भट्टराई, बुद्ध फ़ाउन्डेशनका सचिव सुरेन रुपाखेती लगायत सहभागी थिए ।