लण्डन । नेपाल प्रेस युनियन बेलायत शाखाको पहिलो अधिवेशन अगामी ३१ मार्च, आइतवार हुने भएको छ ।
शाखाको उपसंयोजक संजय कँडेलका अनुसार पुर्वी लण्डनस्थित गेसो सभा हलमा आयोजना हुने सो अधिवेशनमा युनियनका केन्द्रीय नेताहरुको सहभागिता रहनेछ ।
अधिवेशनमा भाग लिन अध्यक्ष बद्री सिग्देल, उपाध्यक्षद्धय दीपक आचार्य, बाला अधिकारी, महासचिव अजयबाबु सिवाकोटी र प्रदेशसभा सांसद बिजुला बर्मा समेतको टोली अगामी शनिवार लण्डन उत्रिने तयारीमा रहेको युनियनको वेलायत शाखाले जनाएको छ ।
नयाँ नेतृत्वको समेत निर्वाचन हुने अधिवेशनमा संयोजक विपीन निरौला, एभ्रेष्ट गौतम लगायतले नेतृत्वको लागि दावी गरेका छन् ।
अन्य पदको लागि मन्दीप केसी, भिम खरेल, जसन भट्टराई, कृष्ण भण्डारी, कृष्ण देवकोटा, रोमिनय लिम्बु, खुशि लिम्बु, मिलन शर्मा, खेमराज रानाभाट लगायतको नाम चर्चामा छ ।