२१ बैशाख २०८१, शुक्रबार
Follow Us

अब कामदारको स्वास्थ्य परीक्षण प्रदेशबाटै

नेपालब्रिटेन डट कम्
१४ चैत्र २०७५, बिहीबार ०१:५२

काठमाडौँ — श्रम मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण प्रदेश तहबाट समेत गर्न पाउने गरी थप स्वास्थ्य संस्था सूचीकरण गर्ने भएको छ । अब कामदारले सरकारी अस्पतालबाट पनि स्वास्थ्य परीक्षण गराउन पाउनेछन् ।

मन्त्रालयले काठमाडौंमा केन्द्रित स्वास्थ्य परीक्षणलाई प्रदेश तहमा लैजान लागेको हो । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने ३७ सहित २ सय २६ वटा संस्था मन्त्रालयले नवीकरण गरेपछि थप खुला गरिएको हो । सरकारले स्वास्थ्य परीक्षणको गुणस्तरलाई प्राथमिकता दिएको छ । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।