१ श्रावण २०८२, बिहीबार
Follow Us

बारा आँधीः एनआरएनद्वारा दुःख व्यक्त

nepalbritain news
१८ चैत्र २०७५, सोमबार ११:०३

काठमाडौं–प्रदेश नम्बर २ को बारा र पर्सा जिल्लाका विभिन्न स्थानहरुमा आइतवार साँझ आएको हावाहुरीबाट २७ जनाको मृत्यु र सयौँ घाइते भएको घटना प्रति गैरआवासीय नेपाली संघ (एनआरएन)ले दुःख प्रकट गरेको छ।

संघले एक विज्ञप्ति जारी गर्दै प्राकृतिक प्रकोपका कारण भएको क्षतिले संघलाई निकै मर्माहत एवं स्तब्ध बनाएको उल्लेख गरेको छ ।

ठूलो मात्रामा जनधनको क्षति हुने गरी भएको घटनामा धेरै व्यक्तिको निधन भएकोमा गहिरो शोक व्यक्त गर्दै संघले शोकाकुल परिवारहरुमा समवेदना प्रकट गरेको छ । साथै संघ घटनामा परी घाइते भएका व्यक्तिहरुको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

प्राथमिक चरणको आवश्यक राहतका लागि संघ जुटिसकेको पनि विज्ञप्तिमा उल्लेख छ ।
यसका साथै गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद, राष्ट्रिय समन्वय परिषद लगायत अभियान्ताहरुमा यस राहत कार्यका लागि तुरुन्त जुटन तथा सहयोग गर्न आग्रह पनि एनारएनले आग्रह गरेको छ ।

धेरै पढिएको