२४ बैशाख २०८१, सोमबार
Follow Us

अख्तियारद्वारा ६ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा

sarusaru
३० चैत्र २०७५, शनिबार ०३:५०

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनियमितता गरेको अभियोगमा ६ जनाविरुद्ध मुद्धा दर्ता गरेको छ।

शुक्रबार आयोगले अनियमितता गरेको अभियोगमा ६ जना विरुद्व विशेष अदालतमा मुद्दा दायर गरेको हो।

जिल्ला वन कार्यालय बर्दियाका तत्कालीन प्रमुख वन अधिकृत भैरवप्रसाद घिमिरे र मयूरबस्ती इलाका वन कार्यालयका फरेस्टर कृष्णप्रसाद घिमिरेले कालिका–१ बोकटियास्थित शिवशक्ति सामुदायिक वन उपभोक्ता समितिको १० हेक्टरमा वृक्षरोपण गर्न लाखौं रुपैयाँ पेस्की लिई हिनामिना गरेको अख्तियारले जनाएको छ।

अख्तियारले सब–डिभिजन वन कार्यालय धनगढीका सहायक वन अधिकृत भरतप्रसाद साह र बिचौलिया पुष्करदेव जोशीविरुद्धसमेत भ्रष्टाचार मुद्दा दायर गरेको छ।

उनीहरूले वन कार्यालयमा अनुसन्धान भइरहेको मुद्दाको मिसिल मिलाइदिने भन्दै सेवाग्राहीसँग ३० हजार रुपैयाँ घूस लिएको अभियोग पत्रमा उल्लेख छ।

यस्तै धनुषाको राइजोबियम तथा घाँसेबारी बीउबिजन प्रयोगशाला, जनकपुरधामका वरिष्ठ पशु विकास अधिकृत रामगुलाम यादव र पशु सेवा प्राविधिक जागेश्वर चौधरीले काम सम्पन्न भइसकेको निर्माण कार्यको झुक्तानी दिने त्रममा सेवाग्राहीसँग ४० हजार घूस लिएको अख्तियारले जनाएको छ।
डिसी नेपाल