२४ बैशाख २०८१, सोमबार
Follow Us

सहकारी संस्थाबाट नगद ५ लाख ५८ हजार चोरी

sarusaru
३० चैत्र २०७५, शनिबार ०४:४४

पाल्पा । पछिल्लो समयमा ग्रामीण तथा सहरीया क्षेत्रमा चोरीका घटना दिनानुदिन बढ्दै गएका छन्।

प्रहरी प्रशासनले जताततै स्ट्रिङ अप्रेसन गर्दा पनि यस्ता घटनाहरु कम हुन सकेका छैनन्।

त्यसै सन्दर्भमा पाल्पाको तानसेन नगरपालिका ९ स्थित संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट नगद ५ लाख ५८ हजार ५ सय ३९ रुपैयाँ शुक्रबार बिहान चोरी भएको छ।

चोरीमा संग्लन व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
डिसी नेपाल