२३ बैशाख २०८१, आईतवार
Follow Us

सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स यूकेले मनायो नयाँ वर्ष

नेपालब्रिटेन डट कम्
३ बैशाख २०७६, मंगलवार १४:१२

लण्डन । सोसाइटी अफ नेप्लीज प्रोफेसनल्स यूकेले नयाँं वर्ष २०७६को उपलक्ष्यमा शुभकामना आदान प्रदान, सम्मान तथा अभिनन्दन र सांंस्कृतिक कार्यक्रम शनिबार डार्टफोर्डस्थित टेम्पल हिल हलमा आयोजना गरी मनायो ।

दुई चरणमा सम्पन्न सो कार्यक्रमको पहिलो चरणमा शुभकामना आदानप्रदान तथा सम्मान गरिएको थियो।

कार्यक्रमका संचालक तथा सोसाइटीका सचिव अर्जुन पौडेलले भौतिक रूपले नेपाल र नेपाली माटोबाट टाढा रहेता पनि नेपाल र नेपालीपनको मायाले डोर्याएर हामी सबै यो ठाउँमा भेला भएको भन्दै सोसाइटी अफ नेप्लीज प्रोफेसनल्स यूकेले हरेक वर्ष आउने नयाँं वर्षलाई स्वागत गर्दै समुदायबाट विभिन्न विधामा मास्टर्स, ग्रयाजुएट, ए लेभल र जिसीएसई गरेका छोराछोरीहरुलाई सम्मान र प्रोत्साहन गर्ने गरेको बताए।

ससाना भाईबहिनीहरुको नेपाली तथा अङ्ग्रेजी राष्ट्रिय गानबाट शुरु गरिएको सो कार्यक्रममा संस्थाकी सदस्य नमिता कार्कीले उपस्थित पाहुनाहरुलाई स्वागत गरेकी थिइन् ।

सो अवसरमा विभिन्न विधामा मास्टर्स, ग्रयाजुएट, ए लेभल र जिसीएसई गरेकाहरुलाई सम्मान र अभिनन्दन नेपालबाट आएका तनहुं ब्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने, सस्थाका पूर्व अध्यक्ष एवं सल्लाहकार नारायण भट्टराई र वर्तमान अध्यक्ष शेखर वाग्लेले गरेका थिए । अध्यक्ष वाग्लेले विदेशी भूमिमा हुर्केका दोश्रो पुस्ताका नानीहरुलाई आफ्नो संस्कृति तथा परम्पराको जानकारीका लागि यस्ता कार्यक्रम जरुरी रहेको बताए ।

यस वर्ष पनि सस्थाले आफ्नो मुखपत्र सार्वजनिक गरेको थियो ।

दोश्रो चरणमा सङ्गम भण्डारीले सन्चालन गरेको सांस्कृतिक कार्यक्रममा ससाना नानीबाबुहरुको नृत्य, गीत र अभिनयबाट दर्शकहरूले भरपुर मनोरञ्जन लिएका थिए । उक्त कार्यक्रममा सदिक्षा अधिकारी, रिया गिरी, महिमा पराजुली , सञ्जु श्रेष्ठ , प्राप्ति ढुंगाना, सरिसा पाण्डे , विराट कोइराला, सम्राट कोइराला, सिजल गौतम , श्रष्ठा गौतम, सनुजा श्रेष्ठ , सरिशा पाण्डे , प्राम्शु ढुंगाना , विभिशा, नोभा, शुष्मा ढुंगाना, शीला वाग्ले, श्रीकित वाग्ले लगायतले आआफ्नो प्रस्तुति दिएका थिए ।

संस्थाका उपाध्यक्ष रामकृष्ण अधिकारीले आमन्त्रित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । एकअर्कामा नयाँ वर्षको शुभकामना आदानप्रदान गर्दै कार्यक्रम सम्पन्न भएको थियो ।