२४ बैशाख २०८१, सोमबार
Follow Us

एनआरएन अमेरिकाको उपाध्यक्षमा पन्तको उम्मेदवारी, नेपालीलाई विश्वमा चिनाउने संकल्प

नेपालब्रिटेन डट कम्
८ बैशाख २०७६, आईतवार १९:१६

सुरेश कोइराला । न्यूयोर्क–कुशल एवम् बौद्धिक युवा व्यवसायी कृष्णजीवी पन्तले एनआरएनएको आसन्न निर्वाचनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ । जनसम्पर्क समिति अमेरिकाका राजनीतिक चिन्तक पन्त नेपाल र नेपालीलाई विश्वमा चिनाउने दृढ संकल्पका साथ चुनावी मैदानमा उत्रनु भएको हो ।
नेपाल र नेपालीलाई आर्थिक रुपमा सम्पन्न, सामाजिक रुपमा बलियो आधार तयार गर्ने परियोजनाको पारुप तयार गर्ने उहाँको प्रतिवद्धता छ । परम्परागत रुपमा राजनीतिक समस्याले झागिएको गुट उपगुट, मुद्दा मामिलाले जकडेको एनआरएनएलाई शुद्ध सुदुढ गर्न पन्तले उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको हो ।
अमेरिकाभरी छरिएर रहेका नेपालीलाई एउटै सुत्रमा बाधेर एकीकृत विकासका खाका कोर्दै संस्थालाई बलियो साझा चौतारी बनाउने अठोटका साथ उहाँ चुनावी मैदानमा उत्रनु भएको हो । स्वदेशमा बस्ने हुन् या विदेशमा आप्रबासीको रुपमा बस्ने हुन् हरेक नेपालीको सुख र समृद्धि मेरो एकमात्र संकल्प हो ।
महान ग्रीन विचारक पेरिसेल्सको विचाराधारलाई आधार मानेर अघि बढ्नु भएका पन्त उहाँले भने झै राजनीतिबाट अछुतो रहन सक्नु भएन । विचारकले भनेका छन् ‘यो नसोच कि तिम्रो राजनीतिमा रुचि छैन भन्दैमा राजनीतिले तिमिलाई छोडिदिने छ ।’
हो हामी कुनै न कुनै हिसाबले राजनीतिले बेरिएका छौँ, यदि त्यासोे होइन भन्छौँ भने त्यो केवल भ्रामक र मिथ्या प्रचार सिवाय केही होइन । सामाजिक संस्थामा राजनीति आजको हाम्रो महारोग हो । एनआरएनए जस्तो राजनीति बर्जित संस्थामा जुन राजनीतिक क्यान्सर छिरेको छ । यसलाई र्निमूल पार्ने जिम्मा हाम्रो भएको पन्तले बताए ।
संस्थाको दीगो र संस्थागत विकास गर्ने उहाँको प्रतिवद्धता छ । नेपाल सरकारसँग सिधै पहुँच राख्न सक्ने खुवी भएका पन्तले अमेरिकामा बसेर पनि नेपाल र नेपालीका लागि समाज सुधारका विविध कार्यहरू गर्दै आउनु भएको छ ।