१८ बैशाख २०८१, मंगलवार
Follow Us

जापानमा खाना पकाउदै गरेका एक युवकको मृत्यु

नेपालब्रिटेन डट कम्
१६ बैशाख २०७६, सोमबार ०७:५२

जापान । जापानको चिबामा फेरि एक नेपाली युवकको मृत्यु भएको छ। चितवन स्थायी घर भएका बिपिन धितालको हिजो आईतबार खाना बनाउँदै गर्दा अचानक ज्यान गएको त्याहाँ रहेका नेपालीहरुले जनाएका छन्।

हाल मृतक धितालको शव पोष्ट मार्टमका लागि चिवाको नोदा प्रहरी स्टेशनमा राखिएको प्रहरीले जनाएको छ। श्रीमतीसहित जापान बस्दै आएका मृत्तक धितालको कलेजोमा समस्या रहेको बुझिएको छ।

अहिले आकस्मिक निधनको कारण थाहा हुन नसकेपनि हृदयघातका कारण उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ। पछिल्लो समय धितालले आफ्नै लगानीमा रेष्टुरेण्ट सञ्चालन गरेका थिए।

यस अघि गत मंगलबार २४ वर्षीय नेपाली युवा विनय खड्काले सार्बजनिक पार्कमा झुण्डिएर आत्माहत्या गरेका थिए ।