८ जेष्ठ २०८१, मंगलवार
Follow Us

उद्योग बढे, लगानी र रोजगारीको दर बढेन

नेपालब्रिटेन डट कम्
१८ बैशाख २०७६, बुधबार ०३:११

काठमाडौँ। ठूला तथा मझौला उद्योगको दर्ता सङ्ख्या बढे पनि त्यसमा हुने लगानी र सिर्जना गर्ने रोजगारीको दर भने घट्दोे देखिएको छ । चालु आर्थिक वर्षको पहिलो नौ महिना (साउनदेखि चैतसम्म)मा उद्योग विभागमा ३४५ मझौला तथा ठूला उद्योग दर्ता भएका छन् । एक खर्ब ८४ अर्ब ६५ करोड रुपियाँ लगानीका यी उद्योगबाट १७ हजार ६३९ रोजगारी सिर्जना हुनेछ ।
आर्थिक वर्ष २०७४/०७५ को सोही अवधिमा दुई खर्ब ५६ अर्ब ४५ करोड रुपियाँ लगानीका ३३५ उद्योगदर्ता भएका थिए । यी उद्योगबाट २० हजार १५४ रोजगारी सिर्जना हुने उल्लेख छ ।
औद्योगिक व्यवसाय ऐन २०७३ अनुसार १० करोड रुपियाँ लागतदेखि छ अर्ब रुपियाँ लगानीको उद्योग सञ्चालनका लागि उद्योग विभागमा दर्ता हुनुपर्छ । यसबाहेक पूर्व अनुमति लिनुपर्ने मदिरा, सुर्तीजन्य तथा हातहतियार जस्ता उद्योग जतिसुकै पुँजीको भए पनि विभागमा दर्ता हुनुपर्छ । छ अर्ब रुपियाँभन्दा बढी लागतका उद्योग लगानी बोर्डमा दर्ता हुने कानुनी व्यवस्था छ । गाेरखापत्र दैनिकमा खबर छ ।