२० बैशाख २०८१, बिहीबार
Follow Us

गोप्य सुरक्षा जानकारी चुहावट गरेको आरोपमा बेलायतका रक्षा मन्त्री बर्खास्त

नेपालब्रिटेन डट कम्
१९ बैशाख २०७६, बिहीबार ०५:१६

लण्डन । बेलायतका रक्षा मन्त्री गाविन विलियमसन बर्खास्त भएका छन् । राष्ट्रिय सुरक्षा परिषद (एनएससी) को गोप्य जानकारी चुहावट गरेकोमा आरोपमा उनी बर्खास्त भएका हुन् । उनी सन् २०१७ देखि बेलायतको रक्षा मन्त्री थिए ।

प्रधानमन्त्री टेरिजा मेको कार्यालयबाट जारी गरिएको वक्तव्यमा प्रधानमन्त्रीले गाविनको क्षमतामाथिको विश्वास गुमाएको उल्लेख गरिएको छ । अब पेनी मोर्डन्ड रक्षा मन्त्री बन्ने छिन् । अप्रिल २३ मा भएको बैठकको जानकारी चुहावट भएको हो ।

बेलायतमा ५ जी नेटवर्क बिस्तारका लागि हुवाईलाई सीमित अनुमति दिने सम्बन्धमा भइरहेको अनुसन्धान बारेको जानकारी चुहावट भएको थियो । गाविनले भने कुनै पनि जानकारी चुहावट नगरेको दाबी गर्दै आएका छन् ।