२४ बैशाख २०८१, सोमबार
Follow Us

लेनदेन विवादमा ‘अपहरण’, समातिए अपहरणकारी

नेपालब्रिटेन डट कम्
२८ बैशाख २०७६, शनिबार ०३:२४

काठमाडौँ – महानगरीय प्रहरी कार्यालयका डीआईजी शैलेश थापा क्षक्रीलाई शुत्रबार बिहानै सूचना आयो, ‘इमाडोलतिर एक व्यक्ति अपहरणमा परे ।’ थापाले प्रहरी परिसर ललितपुरका एसएसपी रवीन्द्र धानुकलाई उक्त सूचना दिए । धानुकले अपहरण भएको भनिएको स्थानतिर प्रहरी खटाए ।

झन्डै २ बजेतिर प्रहरीले इमाडोलबाट अपहरणमा परेका भनिएका कृष्ण पौडेल र अनिमा भुजेललाई पक्राउ गर्‍यो ।

सुनाकोठी घर भई इमाडोल खरीबोट नजिक किराना पसल गर्ने पौडेलले करिब एक वर्षअघि छिमेकमा पसल गर्ने अनिमा भुजेलसँग दुईपटक गरेर २ लाख रुपैयाँ ब्याजमा लिएका थिए । कृष्णको भनाइअनुसार उनले पटक–पटक गरेर धेरैजसो रकम बुझाइसकेका थिए । उनको हिसाबमा ४४ हजार मात्र तिर्न बाँकी थियो ।

अनिमाले काभ्रे घर भएका छेवाङ लामासँग लिएर कृष्णलाई उक्त रकम दिएकी रहिछन् । पैसा उठाउनकै लागि छेवाङले पसल जाँदै गरेका कृष्णलाई बाटैबाट नियन्त्रणमा लिए । कृष्णका अनुसार छेवाङले ‘तुरुन्तै पैसा दे नत्र छाडदिनँ’ भन्दै इमाडोल वरपर घुमाइरहे । कृष्णले घरमा फोन गरेर आफूलाई नियन्त्रणमा लिइएकाले पैसा खोजेर ल्याउन अनुरोध गरे ।

कृष्णका अनुसार छेवाङले ६५ हजार मागेका थिए, अनिमाले ५० हजारमै कुरा मिल्ने बताएकी थिइन् । यतिबेलासम्म कृष्ण अपहरणमा परेको सूचना प्रहरीकहाँ पुगिसकेको थियो । प्रहरीकै योजनाअनुसार कृष्णले पैसा लिन भन्दै अनिमा र छेवाङलाई इमाडोल पुर्‍याए ।

त्यही बेला प्रहरीले अनिमालाई नियन्त्रणमा लियो, छेवाङ भाग्न सफल भए । प्रहरी परिसर ललितपुरका एसएसपी रवीन्द्र धानुकले यो अपहरण नै भएको बताए । कान्तिपुर दैनिकमा खबर छ ।