२२ बैशाख २०८१, शनिबार
Follow Us

बस र ट्रक एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

नेपालब्रिटेन डट कम्
१० जेष्ठ २०७६, शुक्रबार ०५:४४

सिरहा सिरहा मागयराती पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका १०स्थित प्रयागपुर चोकमा बस र ट्रक एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। भने २५ जना घाइते भएका छन्। मृत्युु हुनेमा बस चालक भोजपुर निबािस ३५वर्षिय हिर पहेलि र झापा निबासि ४० वार्षिय मदन उप्रेती रहेको प्रहरीले जनाएको छ।

ना ८ ख ९८२ नम्बरको प्राइम बस पूर्व झापाबाट काठमाण्डौं जादैँ गर्दा पश्चिमबाट आइरहेको ना ३ ख ४२६४ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी सुकदेव खनालले जानकारी दिए। डीएसपी खनालकाअनुसार दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। घाइतेमध्ये १० जना गम्भीर रहेका छन्।

एकजनाको घटनास्थलमै र अर्कोको उपचारको क्रममा मिर्चैयामा मृत्यु भएको डीएसपी खनालले बताए। सामान्य घाइतेहरुको स्थानीय अस्पतालमा र गम्भीर घाइतेलाई बाहिर रेफर गरिएको प्रहरीले जनाएको छ।