टोरोन्टो । गैर आवासीय नेपाली संघ एनआरएनए क्यानडाको आयोजनामा समसामयिक विषय वस्तुमा विशेष अन्तरक्रिया कार्यक्रम हुने भएको छ।
क्यानडाका लागि नेपाली राजदूत भृगु ढुँगाना र एनआरएनएका उपाध्यक्ष कुमार पन्तको उपस्थितिमा आगामी जुन २२ तारिखका दिन पाटीओ ब्याङ्क्विटमा उक्त कार्यक्रम हुने भएको हो। पन्त जापानमा भएको नेपाली मेलामा सहभागि भएर क्यानाडा आउन लागेका हुन् ।
उक्त कार्यक्रममा सहभागी हुनका लागि आयोजक संथाले नेपाली समुदायका बुद्धिजिवी, भद्रमहिला, संस्था पदाधिकारी र सल्लाहकार, ब्यवसायी र पत्रकारहरुलाई स्वागत एवम् अन्तरक्रिया कार्यक्रम सफल बनाउनका लागि उपस्थिति हुनपनि अनुरोध गरेको छ।
उक्त कार्यक्रम साँझ ६ बजेदेखि १० बजेसम्म सञ्चालन हुने छ।