२२ बैशाख २०८१, शनिबार
Follow Us

बागलुङमा दुइ हेलिकोप्टरको आकस्मिक अवतरण

sarusaru
५ असार २०७६, बिहीबार ०२:१६

बागलुङ – मंगलवार दिउसो अचानक परेको बर्षा र मौषमको खरावीले बागलुङमा दुइवटा हेलिकोप्टर आकस्मिक अवतरण गरेका छन् । मुस्ताङबाट भारतीय पर्यटक बोकेर पोखराका लागि उडेको सिम्रिक एयरको हेलिकोप्टर मौषम खरावीका कारण सदरमुकाम स्थित बाङ्गेचउर खेल मैदानमा अवतरण गरेको हो । दिउसो पौने चार बजे उक्त हेलिकोप्टरले अवतरण गरेलगत्तै सिम्रिक एयरकै अर्को हेलिकोप्टर पनि उक्त मैदानमा आइपुगेको थियो ।

हुम्लाबाट बिरामी बोकेर काठमाण्डौ उडेको उक्त हेलिकोप्टर पनि मौषमको खरावीकै कारण आइपुगेको जिल्ला प्रहरीका प्रहरी नायव उपरिक्षक झविन्द्र भट्टराईले जानकारी दिए । मौषमको खरावीका कारण अवतरण गरेका दुवै हेलिकोप्टर पानी रोकिएपछि गन्तव्यमा उडेका छन् । मंगलवार दिउसो ३ बजे अचानक ठूलो हुरी सहित बर्षात भएको थियो । उनीहरुले संभावित दुर्घटना बाट बचाउन आकस्मिक अवतरण गरेका थिए । अवतरणपछि बागलुङबासी आश्चर्यमा परेका थिए ।
जनमञ्च