२८ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनले बनाएको शंखमूल पार्कमा बाढी पस्यो (तस्बिरहरु)

नेपालब्रिटेन डट कम्
२७ असार २०७६, शुक्रबार १६:११

काठमाडौं–गैरआवासीय नेपाली संघ(एनआरएन) को सहयोगमा निर्माण भएको शंकमूल पार्कमा बाढी पसेको छ ।

बिहीबारदेखि परेको अविरल वर्षापछि बागमती नदीमा आएको बाढी किनार नजिकैको पार्कमा पसेको हो । बाढी पस्दा सुन्दर शंखमुल पार्क कुरुप बनेको छ । अहिलेपनि बाढीको बहाव घटेको छैन भने पार्क डुवेकै अवस्थामा छ ।

एनआरएन उपाध्यक्ष कुमार पन्तले पार्कमा बाढी पसेर स्वरुप बिग्रेको भन्दै दुःख व्यक्त गरेका छन् । ‘निकै दुःख गरी बनाएको, हरेक गैरआवासीय नेपालीको पसिना पोखिएको शंखमूल पार्क बाढीले यस्तो बनाएछ । निःशब्द ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

हाल वागमती किनारमा निर्माण भएको शंखमूल पार्कको व्यवस्थापन तथा सञ्चालन जिम्मा एनआरएनले ललितपुर महानगरलाई दिएको छ।

करिब साढे तीन करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएपछि ०७५ असोजदेखि यो पार्क सबैका लागि खुला गरिएको थियो ।