२६ बैशाख २०८१, बुधबार
Follow Us

कोलोराडोमा भानु जयन्तिको अवसरमा कवि गोष्ठी

नेपालब्रिटेन डट कम्
३१ असार २०७६, मंगलवार ०५:४७

अमेरीका(अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा २०६ औं भानु जयन्तिको अवसरमा साहित्यिक कवि गोष्ठी तथा संस्थाको साभारण सभा हुने भएको छ ।
वेष्ट मिनिष्टर स्थित होटल क्वालिटीको सभाकक्षमा आगामी जुलाई २८ तारिकका दिन दिउसो १ देखी भानु जयन्तिको अवसर पारेर साहित्यिक कार्यक्रम तथा संस्थाको साधारण सभा हुन लागेको हो ।
१८७१ असार २९ गते तनहुको रंघामा जन्मीएका भानुले नेपाली जगतमा एकैपल्ट भाषा, साहित्य, संस्कृती, धर्म, दर्शन, चरित्र, मर्यादा, कर्तब्य र देशप्रेम जस्ता समग्र बिषयको समन्वय एवं समष्टि भाव प्रदान गरेर उनले आदिकविको मान्यता पाएका हुन् । आधुनिक नेपाली भाषा साहित्यको आधार स्तम्भ आदी कवी भानुभक्त्त नेपालका राष्ट्रिय बिभुती समेत हुन् ।
उनै भानुभक्तको सम्मानमा कविता वाचन, गीत, नृत्य जस्ता कार्यक्रम आयोजना हुन लागेको छ । उक्त अवसरमा लेख, रचना लिएर सुन्न र सुनाउन जुलाई २८ तारिकका दिन संस्थाका सबै साधारण तथा आजिवन सदस्य, संघ संस्थाका पदाधिकारी, बुद्धिजिवी, गन्यमान्य, कवि, कवयत्री, गायक, कलाकार, व्यवसायी, बाल बालीका तथा सर्वसाधारण सबैलाई उपस्थितीको लागी अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष कृष्णमुरारी ढुङ्गेलले अनुरोध गरेका छन् ।
ढुङ्गेलले संस्थाको नया कार्यसमिती चयनकोलागी दुईपटक निर्वाचन समिती गठन गरिसक्दा समेत निर्वाचन कार्यक्रम सफलताका साथ सम्पन्न हुन नसकेको कारण साधारण सभा बोलाईएको र सोही सभाले नया कार्यसमिती चयनको मार्ग मार्गदर्शन गर्ने बताएका छन् ।
स्मरण रहोस संस्थाद्धारा गठित पहिलो निर्वाचन कमिटिले निर्वाचन प्रक्रिया सम्पन्न हुनु अगावै राजीनामा दिएको थियो भने, दोश्रो कमिटिले आव्हान गरेको मनोनयनमा, निर्वाचन कमिटीका अनुसार अध्यक्ष पदकोलागीमात्र प्रकृया नपु¥याई आवेदन परेको थियो । उता संस्थाका केही आजिवन सदस्यहरुले निर्वाचन कमिटिले समयमै निर्वाचन सम्बन्धी जनाकारी नगराई बर्तमान कार्यसमितीलाई नै निरन्तरता दिलाउन निर्वाचन कमिटीले चुनावको नाटकमात्र गरेको आरोप लगाएका छन् भने, संस्थाका अध्यक्ष कृष्णमुरारीले टिम बनाएर आए आफु जुनसुकै बेलापनि संस्थाको कार्यभार हस्तान्तरण गर्न तयार रहेको बताएका छन् ।
मानिस जहां जसरी रहेपनि नेपाल र नेपालीको भाषा संस्कृती जोगाई राख्नु पर्दछ भन्ने उद्धेश्य लिई “भाषा चाहिन्छ भेष चाहिन्छ शिर उठाई बाच्न आनो देश चाहिन्छ” भन्ने मुल मन्त्रका साथ विश्वको ७३ देशमा शाखा र सयौं च्याप्टरमा फैलिएको छ । यसै अन्तराष्ट्रिय नेपाली साहित्य समाज अन्तर्गत कोलोराडो च्याप्टरको आयोजनामा श्रष्ठा सम्मान तथा कवि गोष्ठी भन्ने नाराका साथ दुईबर्षे कार्यकालमा २२ जना श्रष्ठाहरुको सम्मान तथा अभिनन्दन र संस्थाको महत्वपुर्ण गतिविधीहरु संगटिएको पहिलो स्मारिका प्रकाशन गरिसकेको छ ।