१८ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएन हङकङको अध्यक्षमा पुनः राधिका गुरुङ

नेपालब्रिटेन डट कम्
१२ श्रावण २०७६, आईतवार २१:२७

हङकङ । गैर आवासीय नेपाली संघ (एनआरएनए) हङकङ अध्यक्षमा राधिका (टिका) गुरुङ विजयी हुनुभएको छ । आइतबार सम्पन्न सातौ अधिवेशनबाट गुरुङ दोस्रो कार्यकालको लागि अध्यक्षमा पुनः निर्वाचीत हुनुभएको हो ।

१७ सदस्सीय कार्यसमितिमा उपाध्यक्षमा किसन राई र कर्म गुरुङ, महासचिवमा गोकर्ण प्रसाद ढकाल, सचिवमा डिल्लिराम विश्वकर्मा तथा कोषाध्यक्षमा सन्तोष कुमार गुरुङको मात्र उम्मेदवारी परेकाले उनीहरू निर्विरोध निर्वाचित हुनु भएको छ ।

त्यस्तै, महिला संयोजक अनु राई र युवा संयोजक प्रेम लामा तथा सदस्यहरु विजय कुमार गुरुङ, अर्जुन गौचन र अरविन सिंह पनि निर्विरोध हुनुभएको छ ।