१६ बैशाख २०८१, आईतवार
Follow Us

यसकारण रोजगारीका थोरै कामदारमात्रै जापान जान पाउने

नेपालब्रिटेन डट कम्
१६ भाद्र २०७६, सोमबार ०३:५७

जापानले दक्षता र भाषा ज्ञानलाई उच्च प्राथामिकता दिँदै पहिलो चरणमा नेपालबाट केयरगिभरमान्यून संख्यामामात्र कामदारलैजाने देखिएको छ ।जापानले उच्च दक्ष र भाषामा पोख्त हुनुपर्ने गरी परीक्षण मापदण्ड बनाएपछि पहिलो चरणमा थोरै संख्यामा मात्र नेपाली युवा रोजगारीका लागि जापान जान पाउने देखिएको छ ।
जापानले १४ वटा विभिन्न क्षेत्रबाट नेपालसहित ९ देशका श्रमिक लिने जनाए अनुसार नेपालबाट शुरुमा नर्स लगायतका केयरगिभर क्षेत्रमा युवा लैजाने भएको छ । यसका लागि कार्तिकको दोस्रो हप्ता परीक्षा गर्ने जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका वैदेशिक रोजगार व्यवस्थापन शाखाका उपसचिब दिपक ढकालले पहिलो चरणमा न्यून मात्राका नर्स र केयर गिभर लैजाने जनाएको बताए ।

“कति नेपालीलाई केयरगिभरमा लैजाने भन्ने संख्या भने तोकिएको छैन,” उनले भने, “नेपालबाट श्रमिक लैजाने बारेमा जापान इच्छुक भएपनि पहिलो चरणमा थोरै संख्यामा मात्रै लैजाने देखिन्छ ।”
जापान विदेशी श्रमिक लिनका लागि छनोट गरेको देशमा नेपालमा दक्षिण एशियाबाट एकमात्र देश हो । कारोबार दैनिकमा विस्तृतमा खबर छापिएको छ।