२० बैशाख २०८१, बिहीबार
Follow Us

दशैं मान्न उपत्यकाबाट १० लाख बाहिरिए

नेपालब्रिटेन डट कम्
१४ आश्विन २०७६, मंगलवार २१:३०

काठमाडौं। दसैं मनाउन डेढ सातामा १० लाख सर्वसाधारण बाहिरिएका छन् । सरकारले दसैंमा २५ लाख बाहिरिने अनुमान गरेको छ । एक साता अवधिमा ६ लाख उपत्यका भित्रिएका छन् ।
नेपाल ट्राफिक प्रहरीका प्रवक्ता एसपी रवीकुमार पौडेलले एक सातामा काठमाडौं उपत्यकाबाट बाहिरिने मात्र नभएर भित्रिनेको संख्या पनि धेरै रहेको बताए । बुधबार २४ घण्टाको विवरणअनुसार १ लाख ५७ हजार बाहिरिएकोमा ६६ हजार भित्रिएका छन् ।
दसैंका लागि १ लाख ५८ हजारले अग्रिम टिकट बुकिङ गरेका छन् । प्रवक्ता पौडेलले दसैंको अवसरमा २५ लाख सर्वसाधारण बाहिरिने अनुमान गरिएकोमा भित्रिने पनि उति नै रहेकाले त्यो संख्या केही कमी हुन सक्ने औंल्याए ।
उनका अनुसार अघिल्लाभन्दा यो वर्ष उपत्यकामा आएर दसैं मनाउनेको संख्या वृद्धि भइरहेको छ । सामान्यतयाः दैनिक ६० हजार उपत्यका भित्रिने र ६० हजार सर्वसाधारण बाहिरिने गरेका छन् । राजधानी दैनिकमा मयो खबर छापिएको छ।