२५ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएन अध्यक्षका प्रत्यासी कुमार पन्त काठमाण्डौंमा

नेपालब्रिटेन डट कम्
१६ आश्विन २०७६, बिहीबार ११:००

काठमाण्डौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्षका प्रत्यासी कुमार पन्त काठमाण्डौं उत्रिएका छन् । अक्टोवर १५ देखी १७ सम्म काठमाण्डौंमा हुने नवौं विश्व सम्मेलनको तयारको लागि पन्त विहीवार काठमाण्डौं उत्रिएका हुन् । पन्त कुवेत लगायत मध्यपूर्वका केही देशको भ्रमण सकेर नेपाल पुगेका हुन् ।

अध्यक्षको बलियो उम्मेदवारका रुपमा हेरिएका पन्तको स्वागतको लागि अमेरिका, हङकंग, युएई, जापान लगायतका गैरआवासीय नेपालीहरु त्रिभुवन विमानस्थल पुगेका थिए ।
उनको स्वागतको लागि जापानमा स्थापित व्यवसायी महेश श्रेष्ठ, गैरआवासीय नेपाली संघका प्रभावसाली नेता सोनाम लामा लगायतको उपस्थिती थियो ।
संघको नयाँ नेतृत्वको लागि अक्टोवर १७ तारिख निर्वाचन हुदैंछ । अध्यक्षका अर्का अकांक्षी कुल आचार्य सहमतिका नेतृत्व चयन गर्न राजी भएको उनी निकट केही अनलाइनहरुले समाचार लेखेका छन् ।