२३ बैशाख २०८१, आईतवार
Follow Us

पर्यटन मन्त्रि भट्टराई लण्डन आउने, एनआरएनले अन्तरक्रिया गर्ने

नेपालब्रिटेन डट कम्
१४ कार्तिक २०७६, बिहीबार १९:२३

लन्डन । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराई वेलायत भ्रमणमा आउने भएका छन् । नेपाली दूतवास लण्डनका प्रवक्ता शरदराज आरणका अनुसार भट्टराई ५ दिने सरकारी भ्रमणको लागि शनिवार लण्डन आउन लागेका हुन् । मन्त्रि भट्टराईले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न यहाँस्थित सरकारी अधिकारीहरुसंग समेत छलफल गर्ने भएका छन् ।

मन्त्री भट्टराई नोभेम्बेर ४ देखि ७ सम्म लण्डनको एक्सेल एक्जिबिशन सेन्टरमा हुन गैरहेको वल्र्ड ट्राभल मार्टमा सहभागी हुन वेलायत आउन लागेका हुन् ।

एक साता लामो भ्रमणका क्रममा भट्टराईले नेपाली दूतावास लण्डनले आगामी मंगलवार दुतावास भवनमा आयोजना गर्ने स्वागत कार्यक्रममा सहभागी हुने छन् ।

आउँदो सातादेखि लण्डनमा शुरु हुनलागेको वल्र्ड ट्राभल मार्ट (डब्लुटिएम) नेपाललाई प्रबद्र्धन गर्ने राम्रो अवसर भएको वेलायतस्थित एक पर्यटन व्यवसायी विराज भट्टले जनाए ।

ट्राभल कन्सोल युकेका प्रबन्ध निर्देशक भट्टका अनुसार एक्सेल एक्जिबिशन सेन्टरमा हुन गैरहेको वल्र्ड ट्राभल मार्टमा झण्डै १८२ देशका ५० हजार भन्दा बढी सहभागीहरु आउने अपेक्षा गरिएको छ ।

पर्यटन क्षेत्रको कुम्भमेला पनि भनिने सो मार्टमा भागलिन नेपालबाट पर्यटन मन्त्रीको नेतृत्वमा एउटा टोली लण्डन आउँदैछ । नेपाल पर्यटन बोर्ड र निजी क्षेत्रका विभिन्न नेपाली कंपनीहरुपनि सो मेलामा भाग लिंदैछन् ।

वल्र्ड ट्राभल मार्ट आइटिबी बर्लिन पछि पर्यटन व्यवसायीहरुको दोश्रो ठूलो विश्व मेला हो ।

मन्त्री भट्टराईले वेलायतभ्रमणको क्रममा यहाँस्थित नेपाली समुदायसंग समेत अन्तरक्रिया कार्यक्रम गर्ने गैरआवासीय नेपाली संघ युकेले जनाएको छ ।

संघका महासचिव फडिन्द्र भट्टराईका अनुसार संघले मन्त्री भट्टराईको उपस्थितीमा आगामी आइतवार अल्डरशटस्थित एम्पायर हलमा एक अन्तरक्रियाको आयोजना गर्ने तयारी गरेको छ ।